एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७–२९ मा काठमाडौंमा बस्ने
काठमाडौं, ४ पुस – नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते काठमाडौंमा बस्ने भएको छ।
काठमाडौंमा आज बसेको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले दोस्रो बैठक यही मितिमा आयोजना गर्ने प्रस्ताव पेश गरेका हुन्।
बैठकमा राखिएको प्रस्ताव अहिले निर्णयार्थ पेश गरिएको छ। आगामी बैठकमा पार्टीको कार्यविभाजन, पोलिटब्यूरो र स्थायी कमिटी गठनसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
एमाले नेतृत्वका अनुसार दोस्रो बैठकले पार्टीको रणनीति, संगठनात्मक निर्णय र आगामी कार्यक्रमलाई अन्तिम रुप दिनेछ।