सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले वृद्धि
काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ। आज सुन प्रतितोला २ हजार २०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य ३ हजार ८२५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ३ हजार ९०५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा खरिद–बिक्री भइरहेको छ।