नेपाली बजारमा सुन घट्यो, चाँदी बढ्यो
काठमाडौं — नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ रहेको सुन आइतबार २०० रुपैयाँले घटेको हो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँ रहेको छ।
चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ३ हजार ६०५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।