निर्वाचन आयोगमा ६५ दलले समानुपातिक बन्दसूची बुझाए
काठमाडौं — निर्वाचन आयोगमा ६५ राजनीतिक दलले समानुपातिक बन्दसूची बुझाएका छन्। मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित सबै दलले सूची बुझाइसकेका छन्।
निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाउने समय सोमबारसम्म तोकेको थियो। आयोगका अनुसार निर्धारित समयभित्र निस्सा बुझाएका दलले पनि मंगलबारसम्म बन्दसूची पेश गरिरहेका थिए।