कांग्रेसले समानुपातिकबाट सांसद बनेकालाई पुनः उम्मेदवार नबनाउने निर्णय
१३ पुस, काठमाडौं। नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका व्यक्तिहरूलाई पुनः उम्मेदवार नबनाउने निर्णय गरेको छ।
समानुपातिक बन्दसूचीका उम्मेदवार छनोटका लागि बसिरहेको कार्यसम्पादन समितिको बैठकले २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेश सभामा समानुपातिकबाट सांसद बनेकाहरूलाई आगामी सूचीमा नराख्ने निर्णय गरेको हो।
कार्यसम्पादन समितिका एक सदस्यका अनुसार अबसम्म अवसर नपाएका नयाँ अनुहारलाई समानुपातिक सूचीमा प्राथमिकता दिइनेछ। कांग्रेसको कार्यसम्पादन समिति बैठक अहिले पनि जारी छ र बैठकले समानुपातिकतर्फको बन्दसूची टुंगो लगाउनेछ।