भारतले प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्यो
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गृहमन्त्री ओमप्रकाश अर्यालसँग आइतबारको शिष्टाचार भेटमा निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा व्यवस्था प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटमा अतिरिक्त सचिव महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र विपद्बाट क्षति भएका संरचनाको पुनर्स्थापनामा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। गृहमन्त्री अर्यालले भने कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाहको निर्माणकार्यलाई तीव्रता दिन आग्रह गरे। साथै, सीमा अपराध रोकथाम, चोरी–तस्करी नियन्त्रण र सीमा सुरक्षा संगठनबीच सूचना आदानप्रदान प्रभावकारी बनाउन आवश्यकतामा जोड दिइएको थियो।