जेनजी आन्दोलनका ४५ शहीदको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं, २२ मंसिर – २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर जारी गर्दै शहीदहरूको नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न तीन दिनभित्र व्यवस्था मिलाउन भनिएको हो।
सूचना अनुसार, मृतकहरूलाई ‘जेनजी सुशासन योद्धा’ भन्दै सम्मान गर्न निर्णय गरिएको छ। गृह मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीले हस्ताक्षर गरेको पत्रमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार आइतबार मात्र यो प्रक्रिया अनुमोदित गरिएको थियो।