एफएनसीसीआईद्वारा आज काठमाडौंमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित आज काठमाडौंमा *‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’* शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गर्दैछ।
महासङ्घका अनुसार संवाद कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।
संवादमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि तथा राष्ट्रिय विकासमा युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्नु संवादको मुख्य उद्देश्य रहेको बताए।
देशको अर्थतन्त्रले सामना गरिरहेका चुनौतीहरूको समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।