शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध
बुटवल, १५ पुस — शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी आवागमन १५ घण्टादेखि ठप्प भएको छ। उकालो–ओरालोमा गाडी चिप्लिएर गुड्न नसक्दा बर्दघाट र दुम्किबासतर्फ सवारीको लाम लागेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ।
शीतलहर कम भएपछि सडक खुल्ने प्रहरीले बताएको छ। निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा अझै काम बाँकी छ।