कांग्रेस मुख्यालयको ताला खुले, खड्काले तीन बुँदे प्रतिबद्धता जनाए
काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लामो समयदेखि लागेको ताला आज खोलिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि ताला खोलिएको हो।
युवा नेता शिव रिमालका अनुसार खड्काले निम्न प्रतिबद्धता जनाएका छन्:
१. पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने।
२. विगत चार वर्षभित्रको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी पार्टीको वेबसाइटमा राख्ने।
३. ४० वर्षमुनिका ४० प्रतिशत युवा सहभागिताको माग सम्बोधनका लागि विधानमा आवश्यक परिमार्जन गर्ने।
यी प्रतिबद्धता पूरा गर्ने आश्वासनपछि कांग्रेस मुख्यालयको ताला हटाइएको र पार्टीभित्र शान्तिपूर्ण वातावरण फर्किएको रिमालले बताए।