पासपोर्ट अभावको जोखिम, सरकार दुई विकल्पमा समाधान खोज्दै
३ मंसिर, काठमाडौं। नयाँ जर्मन कम्पनीले फागुन दोस्रो सातादेखि मात्रै पासपोर्ट आपूर्ति गर्ने भएकाले नेपालमा पासपोर्ट अभावको जोखिम बढेको छ। वर्तमान स्टक करिब डेढ लाख मात्र रहेकाले १० फागुनसम्म मात्रै पुग्ने अनुमान परराष्ट्र मन्त्रालयले गरेको छ।
सरकारले अभाव टार्न दुई उपायमा छलफल गरिरहेको छ—पुरानो फ्रान्सेली आपूर्तिकर्ता ‘आईडिमिया’लाई फागुनसम्मका लागि थप पासपोर्ट दिन अनुरोध गर्ने, वा नयाँ कम्पनीलाई तोकिएको समयभन्दा अगावै सेवा सुरु गर्न आग्रह गर्ने।
पासपोर्ट अभावका हल्लाले चाप बढेकाले अहिले अत्यावश्यक समूह—विदेश रोजगारी जाने, रोग उपचार, र सरकारी कामका लागि विदेश जानेहरूलाई प्राथमिकता दिइरहेको राहदानी विभागले जनाएको छ।
सरकारले एक साताभित्र समाधान टुंगो लगाउने तयारी गरेको छ।