कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा पुनः सुरु
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपामा मंगलबार पुनः सुरु भएको छ। पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनका कारण तीन दिन रोकिएको बैठकमा पार्टीले शोक प्रस्ताव पारित गरेको थियो।
बैठकमा 'जेनजी आन्दोलन' पछि उत्पन्न राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको भूमिका र आगामी रणनीति तय गर्ने विषयमा छलफल भइरहेको छ। साथै, कांग्रेसभित्र १५औँ महाधिवेशन नियमित समयमा गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा पनि बहस चलिरहेको छ।