डा. तोसिमा कार्कीको चार बुँदे रिफर्मेसन प्रस्ताव
काठमाडौँ । चितवनको सौराहामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी रिफर्मेसनका लागि चार बुँदे मार्गचित्र पेस गरेकी छन्।
उनले पार्टीको महाधिवेशनलाई २०८२ मङ्सिरमै सम्पन्न गर्नुपर्ने, हालको कार्यकारी नेतृत्व भङ्ग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने र पार्टीको वैचारिक तथा संरचनात्मक पुनर्संरचना गर्नुपर्ने प्रस्ताव गरेकी छन्। कार्कीले रास्वपालाई मध्यमार्गी राजनीतिक शक्ति बनाउँदै देशको नेतृत्व गर्न सक्ने रूपान्तरणको आवश्यकता रहेको बताइन्।
बैठकमा कार्कीसहित पाँच सदस्यले सुझावसहितका प्रतिवेदन पेस गरेका थिए, जसमा केन्द्रीय सचिव शंकर श्रेष्ठ, डा. बुद्धि शर्मा, मधु अर्याल र प्रमोद न्यौपानेको प्रस्ताव पनि समावेश छन्।