मधेस प्रदेश सभामुख मण्डलविरुद्ध सात दलको प्रस्ताव दर्ता
काठमाडौँ, २७ कात्तिक – मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै प्रदेशसभामा सात दलले प्रस्ताव दर्ता गराएका छन्।
सभामुख मण्डलको व्यवहार र निर्णय सभामुखको जिम्मेवारीअनुकूल नभएको भन्दै सात राजनीतिक दलका सांसदहरूले संयुक्त रूपमा प्रस्ताव दर्ता गरेका हुन्।
प्रस्तावमा सभामुख मण्डलले सदन सञ्चालनमा पक्षपातपूर्ण भूमिका खेलेको र विधायकीय मर्यादा तोडेको आरोप लगाइएको स्रोतले जनाएको छ।
प्रस्ताव दर्ता भएसँगै अब प्रदेशसभाको नियमावली अनुसार सभामुखविरुद्धको प्रक्रिया अघि बढ्नेछ।