घनश्याम भूसाल नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिह्न “सूर्यमुखी फूल” प्रस्ताव
पार्टीको नाम “नेकपा (वामपन्थी केन्द्र)” राखिएको छ। संयोजकमा राजकुमार कक्षपति र सहसंयोजकमा नन्दलाल बन्जाडे नियुक्त गरिएको छ।
निर्वाचन आयोगमा अहिले कागजातको समीक्षा प्रक्रिया जारी छ। नयाँ पार्टीको चुनाव चिह्नको रूपमा “सूर्यमुखी फूल” प्रस्ताव गरिएको छ।
आयोगमा प्रस्तुत २३ सदस्यीय टोलीमा देशका विभिन्न जिल्लाका नेताहरू समावेश छन्। यसमा सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्द बहादुर रोका (प्यूठान), नरेश प्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविन कुमार कक्षपति (प्यूठान), एन्जिस राज प्रसाईं (काठमाडौं), मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्यूठान), नारद उपाध्याय (कालिकोट), अर्जुन कुमार अधिकारी (दाङ), विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ (प्यूठान), प्रेम बहादुर तारामी (सुर्खेत), ठगेन्द्र बहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ (काठमाडौं), लक्ष्मी देवी शर्मा (रुपन्देही), भिम बस्नेत (मोरङ) रहेका छन्।
नयाँ पार्टीले आगामी चुनावमा आफ्नो सक्रियता बढाउने तयारी गरेको जनाएको छ।