राप्रपा असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनको शैलीप्रति उठायो प्रश्न
काठमाडौं, १८ कात्तिक — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति प्रश्न उठाउँदै पार्टीभित्र राजनीतिक असन्तोष व्यक्त गरेको छ। महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा बसेको बैठकले पार्टीले हालको राजनीतिक घटनाक्रममा मध्यस्थता गर्न नसकेको र नेतृत्वद्वारा पार्टीको उपादेयता र विश्वसनीयता कमजोर भएको उल्लेख गरेको छ।
बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा अध्यक्ष देखिनुलाई विरोधाभासी निर्णय र आन्तरिक स्वेच्छाचारी कारबाहीको आलोचना गर्दै, विधानअनुसार महाधिवेशनको मिति तोक्न, निलम्बन र निष्कासनसम्बन्धी निर्णय फिर्ता गर्न तथा विवाद समाधान समिति गठन गर्न माग गरेको छ। असन्तुष्ट पक्षले पार्टी सञ्चालनमा पारदर्शिता र सदस्यहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने जोड दिएको छ।