ईश्वर पोखरेलद्वारा एमाले महाधिवेशनमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता औंल्याइयो
काठमाडौं, कात्तिक २८ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधानसम्बन्धी विषयमा थप बहस र नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन्।
पोखरेलले शुक्रवार जारी गरेको विज्ञप्तिमा भदौ २३ पछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशा तय गर्नुपर्ने उल्लेख गर्दै, महाधिवेशन प्रतिनिधिहरूले बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्ने भूमिकामा रहने बताए।
उनले आगामी १३ मंसिरमा देशभर हुने महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सदस्यहरूलाई संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ सहभागी हुन अपिल पनि गरेका छन्।