कांग्रेस केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री मन्सुरको दोहोर्याइएको बोलाइमा होहल्ला
काठमाडौँ । सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहर्याएर बोल्न दिएपछि नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा होहल्ला भएको छ
बिहीबारको बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीपछि मन्सुरलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोल्न दिएका थिए । उनी बोल्न लागेपछि सदस्यहरूले होहल्ला गरेका हुन् ।
मन्सुरले यसअघि नै केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखिसकेको भन्दै नेताहरूले होहल्ला गरेका बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । सहमहामन्त्री मन्सुरले यसअघि १९ कात्तिकमा बसेको बैठकमा धारणा राखिसकेका थिए ।
१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका मन्सुर अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको एजेण्डालाई समर्थन गर्दै आएका छन् । फेरि त्यही एजेण्डामा समर्थन गर्न लाग्यो भनेर संस्थापनका सदस्यहरूले होहल्ला गरेका हुन् ।
अहिले उनी बोलिरहेका र कार्यवाहक सभापति खड्काले साथीहरू बस्नुस् भनेर भनिरहेका बैठकमा सहभागी नेताहरूले जानकारी दिए । तर, नेताहरू मानिरहेका छैनन् ।
‘पहिला बोलेको मान्छे अहिले बोल्न पाइदैन भनेर साथीहरूले विरोध गर्नुभएको हो,’ ती पदाधिकारीले भने ।