मधेस प्रदेशको सर्वदलीय बैठक सात दलले बहिष्कार
जनकपुरधाम। मधेस प्रदेशमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन्। आजका लागि बोलाइएको बैठकमा गठबन्धनका नेता तथा कार्यकर्ताहरू सहभागी नभएपछि बैठक निष्प्रभावी बनेको छ।
सात दलीय गठबन्धनले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवको असंवैधानिक रूपमा होटलमा शपथ लिएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको बताएको छ। जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार, ‘असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ खाएका मुख्यमन्त्री बैठकमा सहभागी भएकाले हामीले बैठक बहिष्कार गर्नुपरेको हो।’
प्रदेश प्रमुख डा. लाभले मधेसमा बढेको राजनीतिक सङ्कट समाधान गर्न सर्वदलीय बैठक आह्वान गरेका थिए। तर गठबन्धन दलहरूको बहिष्कारका कारण बैठक निष्फल भएको छ।