सुनको भाउ तोलामा २८ सयले बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँमा, चाँदी पनि महँगियो
३ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बजारको प्रभावसहित स्थानीय बजारमा बुधबार सुनको मूल्य फेरि एकैदिनमा तीव्र रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसै भाउ २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ पछिल्ला दिनमा अत्यधिक उतारचढाव हुँदै आएको छ। अस्तिको तुलनामा हिजो मात्र सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको थियो। यसअघि असोज ३१ गते सुन अहिलेसम्मकै उच्च मूल्य—प्रतितोला २ लाख ५८ हजार रुपैयाँ—पुगेको रेकर्ड छ।
यस्तै चाँदीको मूल्यसमेत आज बढेको छ। अघिल्लो दिन प्रतितोला ३,०९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ६० रुपैयाँले वृद्धि भई ३,१५० रुपैयाँ पुगेको हो। चाँदीले असोज ३१ मा प्रतितोला ३,३५० रुपैयाँको उच्च रेकर्ड बनाएको थियो।