माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशीका लागि दैनिक ५० डलर शुल्क तोकियो
काठमाडौँ – सरकारले माथिल्लो मुस्ताङ क्षेत्र जाने विदेशी नागरिकका लागि नयाँ पदयात्रा अनुमति दस्तुर तोकेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रमा प्रवेश गर्ने विदेशीले प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर तिर्नुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
नयाँ शुल्क व्यवस्था लागू भएपछि माथिल्लो मुस्ताङ प्रवेश अनुमति दर औपचारिक रूपमा परिमार्जन भएको छ।