खड्का: पार्टी एकताबद्ध भएर धैर्यता राख्न आवश्यक
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई एकताबद्ध राख्दै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा धैर्यता अपनाउन सबैलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत खड्काले आफ्ना विरुद्धका टिप्पणीहरूलाई सदा सम्मान गर्ने र ती टिप्पणीहरूलाई शक्ति तथा मार्गदर्शनको रूपमा लिने बताए। उनले भने, “इतिहासमा देश र पार्टीमाथि देखिएका प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न समय लाग्नु सामान्य हो। हतारमा निर्णय गरेर पछुताउनुभन्दा, उपयुक्त निर्णय गर्न समय लिनु बढी लाभदायी हुन्छ।”
सभापति खड्काले पार्टीले विगतका गल्ती–कमजोरी स्वीकारेर जनतासँग माफी माग्नुपर्ने, त्यसैगरी समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी निर्णय प्रक्रियामा समय लागिरहेको स्पष्ट पारेका छन्।