मधेस प्रदेश भवन अगाडि सात दलको धर्ना, सडक अवरुद्ध
जनकपुर । मधेस प्रदेश भवन अगाडि सात राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले बुधबार धर्ना दिएका छन् । धर्नामा नेपाली कांग्रेसका नेता वीरेन्द्र सिंह, जसपाका सचेतक रामआसिस यादवलगायतका नेता–कार्यकर्ता सहभागी रहेका छन् ।
धर्नाका कारण प्रदेश भवन आसपासको सडक अवरुद्ध बनेको छ ।
मंगलवार पनि मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्ने क्रममा सात दलका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जना बढी घाइते भएका थिए ।