अध्यक्ष शर्माको कार्यकक्षमा पत्रकारद्वारा तालाबन्दी
काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा ताला लगाइएको छ । सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा असन्तुष्ट पत्रकारहरूले अध्यक्ष शर्माको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका हुन् ।
महासंघ विधानअनुसार चल्न नसकेको, केन्द्रीय समिति बैठक आव्हान गरेर देशभरबाट सदस्यहरू काठमाडौँ आए पनि सल्लाहकार नियुक्ति विवाद निकालेर बैठक नबसेकाले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको केन्द्रीय सदस्य लबदेभ ढुंगानाले बताए । तालाबन्दीबारे अध्यक्ष शर्मासँग पटक पटक फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।