गोकर्णेश्वर नगरपालिका: उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक घोषित
काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले गोकर्णेश्वर नगरपालिकालाई काठमाडौं उपत्यकामा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने स्थानीय तहका रूपमा घोषणा गरेको छ।
यो मान्यता नगरपालिकाले मातृ–शिशु स्वास्थ्य, खोप सेवा, सरसफाइ, र जनचेतनामूलक अभियानमा गरेको प्रभावकारी कामका कारण पाएको हो।
‘स्वस्थ नागरिक, सबल नगरपालिका’ अभियानमार्फत गोकर्णेश्वरले स्वास्थ्य सेवा र जनचेतनामा उल्लेखनीय सुधार ल्याएको बताइएको छ। नगर प्रमुख दिपक रिसाल र उप–मेयर सान नानि लामा को नेतृत्वमा सञ्चालन भएको यो अभियानले स्थानीय स्तरमा स्वास्थ्यप्रतिको चेतना र सेवा–गुणस्तरमा ठूलो परिवर्तन ल्याएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार, यो उपलब्धि समन्वित योजना, सक्रिय नेतृत्व, र स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनतको परिणाम हो।

गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी र नवीन स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
यसले “स्वस्थ नागरिक, समृद्ध नगरपालिका” बनाउने यात्रालाई थप बल प्रदान गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ
