निर्वाचन आयोगले राजनीतिक दलसँग आचारसंहिता र चुनाव तयारीबारे छलफल सुरु
२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ । छलफल निर्वाचन आयोगको कार्यालयमै सुरु भएको छ ।
आगामी फागुन २१ तारिखमा हुने निर्वाचको तयार र आचारसंहिताबारे छलफल भइरहेको आयोगले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नेपाल, जनतमत, तमलोपा लगायतका दलहरु सहभागी छन् ।
आचारसंहितामा दलहरुले पालना गर्नु पर्ने, उम्मेदवारले पालना गर्नु पर्ने, संवैधानिक आयोग र जनप्रतिनिधि पालना गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ ।
यसपटक राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणा पत्र आयोगमा बुझाउनु पर्ने र प्रत्यक वर्ष त्यसको कार्यान्वयनको अवस्थाको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रावधान थपिएको छ ।