सुन–चाँदीको मूल्यमा गिरावट, सोमबार सुन १९०० रुपैयाँले सस्तो
काठमाडौँ, सोमबार — नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १९०० रुपैयाँले घटेर २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलाको ३ हजार १३५ रुपैयाँ निर्धारण गरिएको चाँदी सोमबार २० रुपैयाँले सस्तिएर ३ हजार ११५ रुपैयाँमा कारोबारी मूल्य कायम भएको महासंघले जनाएको छ।
मूल्यमा आएको निरन्तर उतार–चढावले सुनचाँदी व्यवसायी तथा उपभोक्ता बजार दुबै प्रभावित भइरहेका छन्।