नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा कारागारबाट रिहा
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागारबाट रिहा भएका छन्। बहुविवाह मुद्दामा अदालतले उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
१८ कात्तिकमा धुम्बाराहीबाट पक्राउ परेका शेर्पाले कैदबापतको रकम बुझाएपछि कारागारबाट छुट पाएका हुन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेश अनुसार उनलाई रिहा गरिएको डिल्लीबजार कारागारका अधिकृतले पुष्टि गरेका छन्।
शेर्पाले कैदबापतको रकम तिरेर रिहा पाउने अनुमति अदालतमा निवेदनमार्फत माग गरेका थिए।