कुलमान घिसिङ नयाँ दल गठन तयारीमा
ऊर्जामन्त्री कुलमान घिसिङ अब सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को समर्थनमा नयाँ राजनीतिक दल दर्ता गर्ने अन्तिम तयारी गरिरहेका छन्।
स्रोतका अनुसार, दल दर्ता प्रक्रिया अहिले निर्वाचन आयोगमा अन्तिम चरणमा पुगेको छ। पार्टीको नाम र चुनाव चिन्ह अझै सार्वजनिक गरिएको छैन, तर १५१ सदस्यीय केन्द्रीय समिति रहने बताइएको छ। उक्त पार्टीमा रास्वपा छोडेकी सांसद सुमना श्रेष्ठ र सुधन गुरुङ पनि आबद्ध हुने तयारीमा छन्।
नयाँ पार्टीले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको विकल्पका रूपमा प्रस्तुत गर्ने योजना बनाएको छ। बालेन शाहले पार्टीलाई समर्थन गर्ने तर प्रतिनिधि सभाको चुनाव नलड्ने समझदारी भएको बताइन्छ। विश्लेषकहरूका अनुसार, यो कदमले आगामी आम निर्वाचनमा नेपाली राजनीतिमा नयाँ समीकरण सिर्जना गर्ने संकेत दिएको छ।