अध्यक्ष ओलीको टिप्पणी: सरकारले गिरफ्तार गर्नुलाई सुशासन ठान्छ
काठमाडौं, ३० कात्तिक — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासन ठान्ने सोच राखेको टिप्पणी गरेका छन्।
आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले भनिन्, “ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको छ। जेनजीलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, पढाउने र उनीहरूको हातमा मागपत्र दिने काममा भ्रम फैल्याउने प्रयास भइरहेको छ।”
ओलीले वर्तमान सरकारको गतिविधिलाई ‘कलाविहीन नाटक’को संज्ञा दिएका छन्। उनले थपे, “जेनजीहरूको मागपत्र हेरेको थिएँ। कसले ड्राफ्ट गरेको हो, कहाँ पढाइएको हो र को अर्गनाइजर हो भन्ने मलाई थाहा छ। जे होस्, एउटा तमासा भयो। हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेरिरहेका छौं। नाटकमा अलिकति कला हुनुपर्छ, तर यहाँ कलाविहीन नाटक देखिरहेका छौं।