मुख्यमन्त्री सोनलसहित २ जनाले बिनाविभागीय मन्त्रीको शपथ लिँदै
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ सहित २ मन्त्रीले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने भएका हुन् ।
सोनल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।