बालुवाटारमा सुरु भयो जेनजीसहित त्रिपक्षीय छलफल
सरकार, राजनीतिक दल र जेनजीहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा जेनजीका तर्फबाट १३ प्रतिनिधि सहभागी छन्।
प्रतिनिधिसभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल जारी राखेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता थालेको हो ।