प्रधानमन्त्रीसँग दलका नेताको छलफलमा दुई जना पर्यवेक्षक पनि सहभागी
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका लागि बोलाएको सात दलको बैठकमा दुई जना पर्यवेक्षक पनि सहभागी भएका छन् । बालुवाटारमा राजनीतिक दलहरूसँग चुनावबारे प्रधानमन्त्रीको छलफल सुरु भएको छ ।
संवादमा पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी भएका हुन् । छलफलमा राष्ट्रिय राजनीतिका शीर्ष नेताहरू भने सहभागी हुने छैनन् । दलबाट दोस्रो तहका नेताहरू छलफलमा सहभागी छन् ।
यो छलफलअघि प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा साढे चार घण्टा छलफल गरेकी छन् । छलफलमा भ्रष्टाचारी नेताहरूलाई कारबाही गर्नेबारे लामो छलफल भएको थियो ।