प्रधानमन्त्रीसँग छलफलमा सहभागी गगन, शंकरदेखि रेशम र सुवालसम्मका नेताहरू
बालुवाटारमा केहीबेरमा सुरु हुन लागेको चुनाव सम्बन्धी संवादमा राष्ट्रिय दलहरूका साथै निवर्तमान संसदमा रहेका थप तीन दल पनि सहभागी हुँदैछन्।
छलफलमा सहभागी नेताहरूमा गगन थापा, शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले, उपेन्द्र यादव, रेशम चौधरी, प्रेम सुवाल, राजेन्द्र पाण्डेलगायत १६ दलका प्रतिनिधि छन्। नेमकिपा, लोसपा र नाउपाजस्ता दलहरू अन्तिम समयमा सूचीमा थपिएका हुन्।