नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर प्रस्ताव मंगलबार बुझाइने
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षरसहितको प्रस्ताव मंगलबार बिहान १० बजे पार्टी मुख्यालयमा बुझाइने भएको छ। केन्द्रीय समिति बैठक सारिएसँगै हस्ताक्षर बुझाउने मिति पनि पछि धकेलिएको हो।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको दाबी गरिएको छ। उनले भने, ‘२५ गते प्रस्ताव बुझाउनुपर्ने थियो, तर केन्द्रीय समितिको बैठक भोलि बिहान ११ बजे सारिएपछि हामीले उपसभापतिको समय अनुसार भोलि बिहान १० बजे प्रस्ताव बुझाउने निर्णय गरेका छौँ।’
कांग्रेसमा नियमित महाधिवेशनको मिति र प्रक्रियामा विवाद भएपछि केन्द्रीय समिति बैठक दुई दिनका लागि सारिएको थियो।