एमाले केन्द्रीय कमिटी बैठक सुरु, महासचिव शंकर पोखरेलको सम्बोधन
काठमाडौं, २९ असोज — नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली को अध्यक्षतामा सुरु भएको हो।
बैठकको सुरुआतमा महासचिव शंकर पोखरेलले पार्टीको समसामयिक राजनीतिक मूल्याङ्कन, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे सम्बोधन गरिरहेका छन्।
जेन–जी आन्दोलनपछि मुलुकमा उत्पन्न नयाँ राजनीतिक परिस्थिति, आगामी पार्टी महाधिवेशन को तयारी, तथा संसद् पुनःस्थापनासम्बन्धी बहसका सन्दर्भमा एमालेले बैठक आह्वान गरेको हो।
बैठकमा देशभरका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ। पार्टीले यस बैठकलाई नीतिगत र सांगठानिक रूपमा महत्वपूर्ण मोडको रूपमा लिएको बताइएको छ।