झलनाथ खनालद्वारा माधव नेपालको राजीनामा माग: ‘मुद्दा लागेपछि नेतृत्व छाड्नुपर्छ’
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा दिन आग्रह गरेका छन्।
जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले भ्रष्टाचार मुद्दा लागेर सांसद पद निलम्बन भएका बेला पनि पार्टी नेतृत्व नछाडेको भन्दै आलोचना गरे।
खनालले भने, “मुद्दा लागेपछि त्यस बेलै संसदबाट निलम्बन हुनुभयो। अनि तपाईँ पार्टीमा किन पदमा बस्ने? कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य र आचरण स्थापित गर्ने भन्ने उदाहरण तपाईँले दिनुपर्छ। तपाईँले नेतृत्व छाड्नुस्।”