तीनकुने ‘जेनजी चोक’ घोषणा गर्ने कार्यक्रममा, तीन जना पक्राउ
काठमाडौँ, असोज २६ – राजधानी काठमाडौँको तीनकुने क्षेत्रलाई ‘जेनजी चोक’ घोषणा गरिएको छ। आइतबार सबै पुस्ताको प्रतिनिधि अभियानले विशेष कार्यक्रमका बीच तीनकुनेलाई ‘जेनजी चोक’ को रुपमा घोषणा गरेको हो।
कार्यक्रमको क्रममा प्रहरीले हस्तक्षेप गर्दै तीन जना अभियानकर्मीलाई पक्राउ गरेको छ।
‘जेनजी चोक’ घोषणा अभियानले पुस्तान्तरण, सामाजिक रूपान्तरण र नयाँ विचार प्रवाहको सन्देश दिन खोजेको बताइएको छ। पक्राउ परेकाहरुको अवस्था र थप विवरण सार्वजनिक गरिएको छैन।