राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपाने निर्विरोध
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी छन् ।
समिति सभापतिमा उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि मंगलबार निर्विरोध निर्वाचित भएकी हुन् ।
सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सार्वजनिक गरेको निर्वाचनको कार्यतालिकामा मंगलबार दिउँसो एक बजेबाट ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।