बामदेव गौतम कैलालीको बैठकलाई सम्बोधन गर्न धनगढी जादै
नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता बामदेव गौतम धनगढी जाने भएका छन् । जिल्ला कमिटी कैलालीको निमन्त्रणमा गौतम धनगढी जान लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए ।
गौतमले १४ गते धनगढीमा जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्ने बताइएको छ । नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिर जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।