चार सांसद चढेको गाडी दुर्घटना
कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ ।
पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको सांसद सवार गाडीलाई ठक्कर दिएको थियो । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । थप विवरण आउन बाँकी छ ।