रूपन्देहीमा बस दुर्घटना हुँदा ८ जना घाइते
काठमाडौं । रुपन्देही तिलोत्तमा २ शंकरनगरमा मंगलबार बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
मंगलबार बिहान बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको प्रहरीले बताएको हो । बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ ।
अन्य सामान्य घाइते भएको प्रहरीले बताएको हो । बसमा कुल १६ जना यात्रु सवार रहेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।