गर्मी बढेपछि नेपालगञ्जका विद्यालय आगामी असार ७ गतेसम्म बन्द, जनजीवन कष्टकर
काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेपछि गर्मी बिदा बढाएको छ।
पालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको हो। अत्याधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यहि जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो। यसअघि सोही पालिकाले यहि जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो।
पालिकाको शिक्षा महाशाखाको क्यालेण्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख गएिको छ। उपमहानगरपालिकाभित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने भएएको हो। केही दिन अघि नेपालगञ्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियससम्म मापन भएको थियो।
गर्मीका कारण नेपालगञ्जको जनजीवन कष्टकर बनेको छ।