जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं । मोरङमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
१५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकाश तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। आकाशले ती किशोरीलाई गत शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
त्यस्तै, चितवनबाट ३३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपालिका-३ बस्ने २१ वर्षीय विवश सापकोटालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका-१ स्थित स्वस्तिका होटल एण्ड लजमा बसेकी ती महिलालाई विवशले कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।
सोही घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।