नारायणगढ–बुटवल सडकखण्डमा सडक भासिंदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिंदा राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारण गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भासिंदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । निर्माणाधीन उक्त सडक भासिंदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको प्रहरीले बताएको हो। सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।