प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा एक जना युवा पक्राउ
काठमाडौं । मोरङमा नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना युवा पक्राउ परेका छन् ।
मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पासवानले कटहरी गाउँपालिका–५ का एक जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिएर ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पासवान उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।