कोशी प्रदेशमा बन्यो १० महिनापछि संसदीय समिति
कोशी प्रदेशसभाले संसदीय समिति चयन गरेको छ । यद्यपि नेतृत्व चयनको विषय भने अझै टुंगो लाग्न सकेको छैन । प्रदेशसभाको आज बसेको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समितिको गठन गरेको जानकरी दिएको छ ।
प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्रीहरु गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार बाहेक सबै सांसदहरु संसदीय समितिमा रहेका छन् ।