नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हट्यो
नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्य रहेको हुँदा मिति २०८०/६/२३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।
साथै कुनै अमुक व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ ।