कोशी प्रदेशः भागबण्डा, सभामुख चयन र प्रतिस्थापन विधेयकको सकस
कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा पुनः चयन भएसँगै नयाँ सरकारको भागवण्डा, सभामुख चयन तथा प्रतिस्थापन विधेयकको नयाँ सकस सुरु भएको छ ।
शपथ सँगसँगै उनले तीन मन्त्री नियुक्त गरेका छन् । अब प्रदेश सरकारमा ५ मन्त्रालयले मन्त्री पाउन बाँकी छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार गठबन्धन दलहरुले तत्कालै जसपाबाट एकजना मन्त्री नियुक्त गर्ने र अन्य मन्त्रीहरु विश्वासको मत लिएपछि मात्रै नियुक्ति गर्ने तयारी गरेको बताएका छन् ।
जबकि जसपा प्रदेशको नाम टुंगो नलाग्दासम्म सरकारमा सहभागी नहुने भएको छ । थापा नेतृत्वको सरकारले ३० दिन (भदौ १४ गते) भित्र विश्वासको मत लिनु पर्नेछ ।