सप्तकोशीमा पानीको बहाव घट्यो
सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो । यद्यपि मध्यान्ह गरिएको मापन अनुसार पानीको बहाव ३ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्डमा झरेको छ । बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव थियो ।